पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

बैशाख, काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर आइतबार स्वादेश फर्किएका उनीहरुले स्वाब परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका स्रोतले जनाएको छ । उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ सुरु गरिएको मन्त्रालय स्रोतले बताएको छ । पूर्वराजा ज्ञानेन्द्र भारतबाट स्वदेश फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुको ठूलो भीड लागेको थियो । मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको मेलाको कार्यक्रममा...