११ औ सस्करणको सिमरा गोल्डकप आजबाट सुरु
चैत, हेटौंडा – बाराको जीतपुर सिमरामा हुने गोल्डकप फुटबल प्रतियोगिताको ११ औं संस्करण आजबाट सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक नवजनजागृति युवा क्लब र बागमती गाउपालिका बीच हुनेछ । सिमरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा यसबर्ष मोफसलका सात, ए डिभिजनका चार र एक विदेशी गरी १२ टिमको सहभागिता रहेको छ । यस वर्ष साविक उपबिजेता त्रिभुवन आर्मी फूटवल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, एपिएफ क्लब, अफ्रिकन रुट्स एसोसिएसन, सुदुरपश्चिम–११ धनगढी, भरतपुर फूटवल क्लब, बागमती युवा क्लब, वीरगन्ज...


















