गुणस्तरीय स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याउनु राज्यको दायित्व – राष्ट्रपति भण्डारी
फाल्गुन, हेटौंडा – राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ र सहज पहुँचमा पुर्याउनु राज्यको महत्वपुर्ण दायित्व भएको बताउनुभएको छ । मंगलबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । आधुनिक समयमा विस्तार हुँदै गएको उपभोक्तावाद, मानिसको बदलिँदो जीवनशैली तथा तिव्र वातावरण असन्तुलनका कारण सर्ने तथा नसर्ने रोगको प्रकोप फैलिँदै जानु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले विभिन्न समयमा अचानक देखापर्ने कोभिड–१९ जस्ता नयाँ रोगका साथै डेंगु र हैजा जस्ता महामारीको सामना गर्न सक्षम हुनेगरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई...


















