लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीको २० औ साधारण सभा
फाल्गुन, हेटौडा (थाहा नगर) – महिलाहरुको आर्थिक र सामाजिक स्तर माथी उकास्दै आत्मनिर्भरता बढाउने अभिप्रायले २०५९ जेठ २ गते थाहा नगरपालिका वडा न १ ओखरबजारमा स्थापना भएको लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाले २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रीता प्रधानको अध्यक्षता तथा थाहा नगरपालिका वडा न १ का वडा अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्षको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रीता प्रधानले ग्रामीण समुदायको सानो क्षेत्रबाट ४८ जना सदस्यहरुबाट सुरुवात गरिएको संस्थामा हाल थाहा १ र...



















