४३ वर्षपछि नामटार कालिकाटार सडकको स्तरीकरणको पहल
फाल्गुन, हेटौडा (कैलाश) – मकवानपुरको ग्रमीण बस्तीहरू अहिले पनि सडक सम्पर्कबाट टाढा छन् । गाउँलाई सदरमुकाम सम्म जोड्ने सडकहरू निर्माण सुरू भएका छन् तर पूरा हुन सकेका छैनन् । निर्माण सुरू भएका कतिपय सडकहरू बिचमै अलपत्र परिरहेका छन् । मकवानपरको कैलाश गाउँपालिकाको चुनियाँ नामटार हुँदै कालिकाटार सम्मको सडकको अवस्था अहिले पनि नाजुक छ । २०३७ सालमा निर्माण भएको सडकको अवस्था अहिले झन् नाजुक देख्दा यो देशमा विकासको काम कुन गतिमा भइरहेको छ भन्ने कुराको पुष्टि हुन्छ । कालिकाटारदेखि चुनियाँसम्म आइपुग्न अहिले हिउँदमा समेत सर्वसाधारणलाई हम्मेहम्मे पर्छ । अप्ठ्यारो बाटो,...



















