हेटौंडामा प्रदेशस्तरीय सूचना-प्रविधि मेला चैत्र २ गतेबाट हुने

फाल्गुन, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक बागमती प्रदेशस्तरीय सूचना प्रविधि (क्यान इन्फोटेक) मेला हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ मकवानपुर शाखा र बागमती प्रदेशको आयोजनामा मेला हुन लागेको हो । मेलामा कम्प्युटर तथा यसका हार्डवेयर, प्रिन्टर, सफ्टवेयर, सर्भिसिङ क्याम्प, एप्लिेकेशन डिभाइस, वीमासम्बन्धी प्रदर्शनी तथा विक्री स्टल रहने जनाएको छ । मेलामा कुल ४० वटा स्टल रहने छ । कृषिमा डिजिटलाइजेसनको प्रयोग, नेटवर्किङ र सीसी टिभी तालिम हुने जनाएको छ । यस्तै शिक्षक, विद्यार्थी तथा युवालक्षित साइवर सुरक्षाजस्ता ३ वटा आइसिटी सेमिनारसमेत सञ्चालन हुने जनाएको...