प्रेस कार्ड दुरुपयोगकाे घटनाप्रति पत्रकार महासंघ मकवानपुरकाे ध्यानाकर्षण
चैत्र, हेटौडा – मकवानपुरबाट सञ्चालनमा रहेका सञ्चारमाध्यम, सञ्चारगृहका नाममा जारी भएका पत्रकार परिचयपत्र (प्रेस कार्ड) को दुरुपयोग भइरहेको घटनाप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै आवाज विहीनहरूको आवाजको रुपमा काम गर्नुपर्ने सञ्चारमाध्यम तथा सञ्चारकर्मीको नाममा गैरकानुनी काम भइरहेका घटना सार्वजनिक हुँदा महासंघ दुःखी भएको जनाइएको छ । निगरानी अनलाइनको नक्कली परिचययपत्र बनाई दुरुपयोग गर्ने एक व्यक्तिलाई प्रहरीले केही दिन अघि पक्राउ गरेको थियो । आमसञ्चार क्षेत्रलाई नै हिलो छ्याप्ने, बदनाम बनाउने उद्देश्यले पत्रकार परिचयपत्रको दुरुपयोग...



















