मनहरी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षको एक वर्षे उपलब्धी सार्वजनिक

जेठ, हेटौंडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षले एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष रेखा पुलामी मगरले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धीहरु सार्वजनिक गर्नु भएको हो। एक बर्षको अबधिमा गाउँपालिका मार्फत भएका भौतिक पूर्वाधार विकास, आर्थिक विकास क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन क्षेत्र, सुशासन तथा संस्थागत विकास, सामाजिक विकास लगायतका क्षेत्रमा गरेका कामहरुको बारेमा बुँदागत रुपमा जानकारी गराउनु भएको छ । लामिटार चकरी सडक स्तरोन्नती, रुपाचुरी फरिवाङ सडक स्तरोन्नती, २ नम्बर वडा सडक स्तरोन्नतीलायतका...