सकियो, ‘सोक्ला रक क्लाइम्बिङ’ महोत्सव
जेठ, दोलखा – दाेलखाकाे भीमेश्वर नगरपालिका २ को सोक्ला गाउँमा ‘सोक्ला रक क्लाइम्बिङ- २०८०’ सम्पन्न भएको छ। सदरमुकाम चरिकोटबाट ८ कि.मि दूरीमा रहेको सोक्ला गाउँमा ‘श्रोत साधनको खोजी गरौँ, साहसिक खेल पर्यटनलाई प्रवर्धन गरौँ’ भन्ने नारासहित यही जेठ १८ र १९ गते गरी २ दिन जिल्लामै पहिलो पटक आयोजना गरिएको हो। महोत्सवको उद्घाटन गर्दै नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले रक क्लाइम्बिङ साहसिक खेल पर्यटनको अंग भएकोले यसद्वारा आन्तरिक तथा बाह्य पर्यटकहरु भ्रमण गरी दोलखाको पर्यटनलाई टेवा पुग्ने बताए। रक क्लाइम्बिङ गरेपछि उत्साहित हुँदै उनले भने, ‘म सगरमाथाको समिट...


















