राक्सिराङमा आगामी नीति निर्माणका लागि सरोकारवालासँग सुझाव संकलन
जेठ, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति, कार्यक्रम तथा वजेट तर्जुमा सन्दर्भमा सरोकारवालाहरुसँग सुझाव संकलन कार्यक्रम गरेको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा सो कार्यक्रम संचालन गरीएको हो। ‘गत वर्ष पनि हामीले यसैगरी छलफल र सुझावको आधारमा निती निर्माण तथा वजेट तर्जुमा गरेका थियौ’ उहाँले भन्नुभयो, ‘त्यसैले पनि हामीलाई राम्रो परिणाममुखी वजेट निर्माण गर्न सहयोग पुर्यायो” । सबैको सहकार्यबाट निर्माण गरीएको वजेटको अपनत्व लिन सबै सरोकारवालाहरुले छाती फराकिलो पार्नु पर्ने पालिका उपाध्यक्ष बनस्तम थिङको भनाई छ। कार्यक्रममा सुझाव दिँदै सम्पुर्ण राजनितीक दलबाट प्रतिनिधित्व गर्नुभएका...



















