मनहरीमा जनजाती युवाहरुको नेतृत्व विकास तालिम सम्पन्न
असार, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा आदिवासी जनजाति युवाहरुका लागि आयोजित नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न भएको छ । मनहरी गाउँपालिकाको सहयोगमा ग्रेटर ताम्सालिङ मिडियाले आयोजना गरेको तालिम शुक्रबारबाट शुरुभएको तालिम आइतबार एक कार्यक्रमका बीच समापन गरिएको हो। समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जनजाति युवाहरुले सिकेको बिषयलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो। समुदायको भाषा, सस्कार सस्कृति संरक्षणको लागि पालिका हरदम तयार रहेको उहाले बताउनु भयो। त्यस्तै, पालिका उपाध्यक्ष सीता पुलामी मगरले विगतदेखि नै विभिन्न बाहनामा जनजाति समुदायलाई पछि पार्ने काम हुदैँ आएपनि अब त्यस्तो अवस्था नरहेको बताउनुभयो। देशमा...



















