बालश्रम अन्त्यको लागि बालबालिका व्यवस्थापनको नीति आवश्यक छ : अध्यक्ष कालाखेती

असार, हेटौडा (मनहरी) – बालश्रम अन्त्यको लागि बालबालिका व्यवस्थापनको नीति आवश्यक रहेको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताउनु भएको छ। शनिबार गाउँपालिकाद्धारा आयोजीत सरोकारवालासँग अन्तर्कृया कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष कालाखेतीले विपन्न वर्गलाई नि:शुल्क स्वास्थ्य तथा शिक्षा प्रदान गरी रोजगारीको व्यवस्थापन गर्न सके मात्र बालश्रम अन्त्य हुने बताउनु भयो। उहाँको अनुसार बालबालिकालाई श्रमबटा रोक्नु मात्र समाधान नभई तिनिहरुको बाध्यता र समस्याको समाधान गर्नु स्थानिय सरकारको पहिलो प्राथमिकता हो । त्यस्तै, मनहारी गाउँपालिकाका सामाजिक विकास संयोजक तथा ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले बालबालिकाको क्षेत्रमा गरिएका कार्यक्रमहरु व्यर्थ भएको बताउनु...