लेखापढी व्यबसायी शिखरकोट इकाई अध्यक्षमा जियो लामा
बैशाख, हेटौडा (थाहा नगर) – नेपाल लेखापढी कानुन व्यावसायी एशोसियसन थाहा नगर शिखरकोट इकाई समितिको तेश्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले जियो तामाङको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जसको उपाध्यक्षमा कृष्ण बलामी,सचिव उपेन्द्र केसी, कोषाध्यक्ष सर्मिला जिम्बा, सह-सचिवमा झरना गोपाली लगायत सदस्यहरुमा भिमबहादुर स्याङ्तान, बिश्वास केसी सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत प्रकाश थोकरले जानकारी दिनुभयो । इकाई अध्यक्ष रामप्रसाद गोपालीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाल लेखापढी कानुन व्यबसायी एसोसिएसनका केन्द्रिय सचिव आत्मराम मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो । अधिबेशनको प्रमुख अतिथि समेत...



















