व्यापार मेलामा आज निशुल्क स्वास्थ्य परिक्षण, गायिका शान्तिश्री परियार र सुजील कर्माचार्यको प्रस्तुती रहने

माघ, हेटौडा – मकवानपुरको हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा दशौं राष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ । हेटौंडा १० स्थित टिसिएनचौरमा संचालन भइरहेको मेला आज आइतबार १२ औं दिन भएको छ । मेलामा शनिबार हिजो सार्वजनिक बिदाका दिन भएकाले दर्शकको अत्याधिक घुइँचो रहेको आयोजकले जनाएको छ । दर्शकको चाप बढेकाले हिजो मेलामा आयोजकले २ घण्टासम्म टिकट बिक्री नै रोक्नुपरेको थियो । दर्शकहरुको गुनासोपछि आयोजकले टिकट बिक्री रोकेको थियो । दर्शकको घुइँचो सामान्य भएपश्चात टिकट विक्री सुरु गरिएको संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालले बताए । शनिबार करिब ३० हजार...