राक्सिराङ र कैलाशमा पूर्ण खोप लगाउन जनप्रतिनिधिहरुको प्रतिवद्धता

पुष, हेटौडा (राक्सिराङ) – ग्रामीण भेगका नागरिकहरुमा कोरोना भाइरस विरुद्धको खोप प्रयोगकर्ताको संख्यामा कमी भएपछि जिल्ला खोप समन्वय समितिले चासो राखेको छ । विहीबार राक्सिराङ र कैलाश गाउँपालिकामा आयोजित कोभिड १९ विरुद्ध खोपको बृहत अन्तरक्रिया कार्यक्रम मा बोल्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लाका राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउँपालिका हरुमा नागरिकले कोरोना विरुद्धको खोप लगाउनेको संख्या निकै कम भएको भन्दै जनप्रतिनिधिहरुले चासो राख्नुपर्ने बताए । खोपको बारे गलत भ्रामक समाचार फैल्याइएको भन्दै प्रजिअ पाण्डेले यस्तो गलत सुचना फैलाउनेलाई खोप ऐन अनुसार कारवाही गरिने बताए । स्थानीय तहले नागरिकलाई...