निमावि तहमा २५९८ शिक्षक आह्वान
पुष, काठमाडौं – शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेको छ । निम्न माध्यामिक तहमा १० विषयमा २५ सय ९८ जना शिक्षकको लागि विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ । पुस ७ गतेदेखि माघ ६ गतेसम्म नियमित शुल्कमा र माग १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ । आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्र सँग रिक्त रहेका शिक्षक पदको संख्या थप गर्न माग गरेसँगै केन्द्रले आयोगलाई निमावि...



















