भाटभटेनीको २० औं शाखा हेटौडामा संचालन

मंसिर, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा देशकै ठूलो तथा वृहत चेन सुपर मार्केट भाटभटेनी सुपर मार्केट बुधबार देखि सञ्चालनमा ल्याएको छ । भाटभटेनीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा २० औं स्टोरको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो । बुधबार औपचारिक समारोहका बीच भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले विधिवत रुपमा शुभारम्भ गरेका छन् । करिब १ सय ५० करोडको लगानीमा सञ्चालनमा ल्याइएको बताउदै सबै प्रदेश तथा मुख्य शहरहरुमा विस्तार गर्ने अभिायनमा रहेको अध्यक्ष गुरुङले जानकारी दिए । देशभर २० वटा स्टोर सञ्चालनमा आएको र अन्तराष्ट्रिय स्तरको...