मकवानपुरमा आईपुगेका एसपी गुरुङको १७ बुँदे प्राथमिकता

मंसिर, हेटौंडा – मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । बुधबार मकवानपुरमा क्रियाशील पत्रकारहरु सँगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक गुरुङले लागू पदार्थ ओसारपसार नियन्त्रण देखि प्राकृतिक स्रोतको गैरकानुनी दोहन रोक्ने सम्मका योजनाहरु अघि सारेका हुन् । उनले १७ बुँदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरे । लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका विषय प्रतिवद्धता पत्रमा समेटिएको छ । संगठित अपराध तथा गुण्डागर्दी, सिमा अपराध र प्राकृतिक स्रोतको दोहन गर्नेमाथि ‘निर्मम’...