मकवानपुरको बागमती ३ मा माओवादी केन्द्र वडा सम्मेलन, अध्यक्षमा थिङ
मंसिर, हेटौडा (बागमती) – मकवानपुरको पुर्बी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको प्रथम वडा सम्मेलन भएको छ । बुधबार भएको प्रथम वडा सम्मेलनले बिरबहादुर थिङको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि सर्मसम्मत चयन भएको हो । सम्मेलनमा नेकपा (माओवादी केन्द्र) मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता तथा जिल्ला सचिवालय सदस्य एवम् प्रचार बिभाग प्रमुख कमान सिंह पाख्रिन (पृथक) को बिशेष आतिथ्यतामा भएको थियो । वडा कमिटिको उपाध्यक्षमा कृष्णबहादुर गोले, सचिवमा अभिषेक मोक्तान, सह-सचिवमा वीर बहादुर भोलन र कोषाध्यक्षमा प्रमिला माझी,...



















