समुन्नत बागमती प्रदेश निर्माण गर्न तिहारले उत्प्रेरणा मिलोस् – मुख्यमन्त्री पाण्डे
कार्तिक, हेटौडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुभ दिपावली २०७८ ले समुन्नत प्रदेश निर्माणको लागि सबैमा प्रेरणा मिलोस् भनी कामना गरेका छन् । शुभकामना सन्देश जारी गर्दै उनले उज्यालोको पर्वका रुपमा तिहारमा बालिने हरेक दीपको प्रकाशले सम्पूर्ण नेपालीबीच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम राख्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भई समृद्ध नेपाल र समुन्नत प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्रिय विविधता र संस्कृतिले भरिपूर्ण गौरवशाली मुलुक भएको र यहाँको संस्कृति विश्वमाझ प्रख्यात रहेको समेत उनले उल्लेख...



















