मनहरी ७ मा माओवादी केन्द्रमा प्रबेशको लर्को, वडा भेलाबाट कमिटिमा पुन: घलानको नेतृत्व
मंसिर, हेटौडा (मनहरी) – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँपालिका वडा नम्बर ७ को प्रथम वडा भेला शुक्रबार भएको छ । वडा नम्बर ७ पार्टी कमिटीका वडाअध्यक्ष गोबिन्द घलानको अध्यक्षता तथा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं बागमति प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भेला भएको हो । राक्सिराङ वडा नम्बर ६, मनहरी वडा नम्बर ६ र ७ बाट सागर विक, सबिन प्रजाको नेतृत्वमा १ सय ५१ जना युवा, महिला नेता कार्यकर्ता नेकपा एमाले र नेपाली काँग्रेस, जसपा परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।...



















