सबै बर्गको उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो – इन्चार्ज मोक्तान
मंसिर, हेटौडा (मकवानपुर गढी) – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सबै बर्गको उत्थान गर्ने पार्टी नेकपा माओबादी केन्द्र मात्र भएको बताउनु भएको छ । नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालीका अधिबेशनको उदघाटन गर्दै उहाँले सबै बर्ग लिंङ्गको उत्थान गर्ने, योजना बनाउने र नेतृत्व गर्ने बिचार माओबादी संग मात्र भएको बताउनु भयो । प्रचण्डले राजनितिक रुपमा नेतृत्व नगरेको भए गणतन्त्र, संघियता, धर्म निरपेक्षता परिकल्पना पनि गर्न नसकिने बताउनु भयो । मन्त्री मोक्तानले जनताको छोरा छोरीको रगत, पसिना र बलिदानले आएको परिबर्तन जोगाउने जिम्मेवारी...



















