पाण्डे सरकारले बागमती प्रदेशको ८ मन्त्रालयलाई टुक्राउदै १४ पुर्यायो
मंसिर, हेटौंडा – बागमती प्रदेशको गठबन्धन सरकारले दलबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा पुर्याएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले विद्यमान ८ मन्त्रालय टुक्रयाउदै १४ मन्त्रालय पुर्याएको हो । मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णयानुसार मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सहभागी छ। पाण्डे नेतृत्वको प्रदेश सरकारको आन्तरिक ममिला तथा कानून मन्त्रीमा कृष्ण खनाल, आर्थिक ममिला तथा योजना मन्त्रीमा शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्रीमा निमा...



















