तामाङ घेदुङको नवौं संघीय महाधिवेशनबाट अध्यक्षमा पुन : मोहन गोले निर्वाचित (नामावली सहित)
चैत्र, काठमाडौं – नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित भएको छ । फागुन २९ गतेबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार राति सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा ४ सय १ मतका साथ गोले विजयी भएको हो । अर्का अध्यक्ष उम्मेदवार बेली लामाको पक्षमा १ सय ७ मत खसेको थियो । सहअध्यक्षमा कुमार घिसिङ्ले ३ सय २१ मत प्राप्त गरी विजयी भएको छ । अर्का सहअध्यक्ष मित्रसेन योञ्जनले १ सय ४६ मत प्राप्त गरेका छन् । मत संख्या ६८३ मध्ये जम्मा ५२३ मत खसेको थियो । त्यस्तै...



















