बानियाँलाई पराजित गर्दै काङ्ग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित
पुष, हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिं लामा निर्वाचित हुनुभएको छ । कांग्रेस प्रदेश संसदीय कार्यालय हेटौडामा भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँलाई पराजित गर्नुहुँदै लामा संसदीय नेतामा चयन हुनुभएको हो। केन्द्रीय समेत रहनुभएको लामाले २१ मत प्राप्त गर्नु भएको थियो भने पार्टी प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गर्नु भएको थियो । प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना प्रदेश सभा सदस्य छन् । लामाको प्रस्तावकमा प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले र समर्थकमा उर्मिला नेपाल, तीर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहनुभएको थियो । त्यस्तै,...


















