थाहा नगरमा कुमारी मोक्तानको एकैदिन पाँच चुनाबी कोण सभालाई सम्बोधन

कार्तिक, हेटौडा (थाहा नगर) – मकवानपुर क्षेत्र नम्बर २ ‘क’ लोकतान्त्रिक बाम गठबन्धनकी प्रदेश सभा सदस्य उम्मेदवार एवंम नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य कुमारी मोक्तानले उत्तरी मकवानपुरको पाँच वटा चुनाबी कोण सभालाई सम्बोधन गर्नु भएको छ । कोण सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचित भएपछि स्थानीय सबै समस्याको पहिचान गरी समाधान एवं विकास निर्माण गर्ने प्रतिबद्धता जनाउँनुभयो । ‘प्रदेश सांसद र केही समय मन्त्री भएपछि मेरो निर्वाचन क्षेत्रको विकासको लागि धेरै बजेट ल्याई विकास गर्ने काम गरेको छु,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनु भएको उहाँले भन्नुभयो, ‘अझै यस...