तामाङका एक छोरा, एक छोरीलाई छिट्टै मन्त्री बनाउँछु – प्रधानमन्त्री प्रचण्ड

माघ, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तामाङका एक छोरा, एक छोरीलाई छिट्टै मन्त्री बनाउने आश्वासन दिनुभएको छ । तामाङ समुदायको ‘राष्ट्रिय सोनाम ल्होछार २८५९’ उद्घाटनपछि आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले छिट्टै तामाङ समुदायबाट मन्त्रिपरिषद्‌मा प्रतिनिधित्व गराइने बताउनुभएको हो । उहाँले प्रदेश र केन्द्र कुन सरकारमा भन्ने खुलाउनुभएन । ‘केही समयभित्रै तामाङको छोरा पनि मन्त्री बनाउँछु मैले । र, तामाङको छोरी पनि मन्त्री बनाउँछु । तपाईंहरु यसमा विश्वस्त भए हुन्छ । एक तामाङको छोरा, एक तामाङको छोरी छिट्टै मन्त्री हुँदै हुनुहुन्छ,’ उहाँले भन्नुभयो,’ त्यसकारण तपाईंहरु तनावमा घर नजानुस् ।...