घेदुङ कोरियाको अध्यक्षमा राजकुमार निर्वाचित

जेठ, कोरिया (साउल) – नेपाल तामाङ घेदुङ दक्षिण कोरिया अध्यक्षमा राजकुमार स्याङ्तान चयन भएको छ । आइतबार सउलमा भएको घेदुङको ११ औं अधिवेशनले अध्यक्ष स्याङ्तानको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामबहादुर तामाङ, उपाध्यक्षहरूमा शुभराज भोम्जन, बुद्धिबहादुर तामाङ, प्रीति लामा, गणेश तामाङ निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा दावा फिन्जो तामाङ, सचिवमा निर योन्जन, लिलाबहादुर तामाङ, सुरेश थोकर, कोषाध्यक्षमा पासाङ बोम्जन र सदस्यमा केशवमान तामाङ निर्वाचित भएका छन् । बाँकी सदस्य नियमित बैठकले थप्ने छन् । कार्यक्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...