सिक्किमकी स्नेहा तामाङ्लाई ‘मिस तामाङ वर्ल्ड २०२२’ को उपाधि

फाल्गुन, भारत – ‘मिस तामाङ वर्ल्ड २०२२’ को उपाधि भारत सिक्किमकी स्नेहा तामाङले हात पारेकी छिन् । मिस तामाङ वल्ड फाउण्डेसनको आयोजना तथा सिक्किम तामाङ वुद्धिष्ट एशोसिएसन र अल इण्डिया तामाङ वुद्धिष्ट एशोसिएसनको संयोजनमा भारतको सिलगुढीमा भएको ग्रान्ड फिनालेमा १६ जना प्रतिष्पर्धीहरुलाईपछि पार्दै उनले उपाधी हात पारेकी हुन् । स्नेहाले उपाधि सहित पाँच लाख भारु, ट्रफि र प्रमाण पत्र प्राप्त गरिन् । त्यस्तै मिस तामाङ ग्युदको टाइटल सिन्धुपाल्चोक (नेपाल) की नमुना तामाङले हात पारिन् । उनले उपाधि सहित भारु एक लाख रुपैयाँ, ट्रफि र प्रमाण पत्र प्राप्त गरिन् ।...