राईगाउँमा माघ २२ गते ल्होछार मेला हुने
माघ, हेटौडा (राईगाउँ) – पूर्वी मकवानपुरको पुर्वी राईगाउँमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (गरुड वर्ग) को अवसरमा यही माघ २२ गते बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ बजारमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । स्थानीय राईगाउँ युवा क्लबको आयोजनामा हाम्रो संस्कृति हाम्रो शान, पर्यटन प्रवर्द्धनका लागि ल्होछार अभियानका साथ तामाङ समुदायको कला, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य सहित ल्होछारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लवका अध्यक्ष...