मनहरीमा ल्होछारको भव्य तयारी, ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने

माघ, हेटौडा (मनहरी) – तामाङ समुदायको साँस्कृतिक पर्व २०६१ (डुल ल्हो/सर्प बर्ष) को अवसरमा पश्चिम मकवानपुरको मनहरीमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित बुद्धशान्ति हरित पार्कमा २ दिने ल्होछार बिशेष वृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो। बुधबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार यहि माघ १६ र १७ गते बागमती प्रदेश (नेवा: तामसालिङ) का मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यमा हुने जनाएको छ। ल्होछारको पुर्वसन्ध्या १६ गते शुरु हुने कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु गायक मिलन लामा, जीवन भोम्जन लगायतको मुख्य प्रस्तुति रहने...