तामाङ साँस्कृतिक महोत्सव हुदैं हेटौंडामा माघ १७ गते
हेटौंडा । १४ माघ/हेटौंडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा तामाङ साँस्कृतिक महोत्सव २०८१ हुने भएको छ । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा तामाङ कलाकार संघ मकवानपुरको सहआयोजनामा माघ १७ गते महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । “ह्याङलान काअीरन ह्याङलान काअी– जम्बुलिङरी छार्ना लाअी“ भन्ने उद्देश्यका साथ २८६१ डुल / सा पुख्री ल्हो सोनाम ल्होछारको अवसर पारेर महोत्सवको आयोजना गर्न लागिएको जिल्ला घेदुङका अध्यक्ष कालु घलानले जानकारी दिए । महोत्सवमा मकवानपुरे तामाङ कलाकारहरुकने गायन तथा नृत्य प्रस्तुती रहनुका साथै लामा, बोम्बो, ताम्बा...



















