बागमती प्रदेशको नामकरण खारेजीको माग गर्दै जाग्यो, ताम्सालिङ संयुक्त संघर्ष (अवधारणा पत्र सहित)
भदौ, काठमाडौं – बागमती प्रदेशको नामकरण खारेजीको माग गर्दै ताम्सालिङ संयुक्त संघर्षले स्वायत्त ताम्सालिङ प्रदेश घोषणा र पहिचानको आधारमा प्रदेश नामकरण गराउन दबाब दिने उद्देश्यले घोषणा सभा गरिएको छ । काठमाडौमा आइतबार विशेष समारोहबीच पूर्वराजदूत डा. गणेश योञ्जनको अध्यक्षतामा संघर्ष समिति घोषणा गरिएको हो । समितिको सदस्य सचिवमा मोहन गोले तामाङ, प्रवक्ता जय गोले तामाङ र सदस्यहरुमा सबै संगठन र स्वतन्त्र अभियन्ताहरु रहने अवधारणापत्रमा उल्लेख छ । यसअघि जय गोले संयोजक थिए । संघर्षण समितिमा नेपाल तामाङ संघ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल तामाङ संघ (समाजवादी)लगायत २४ वटा संस्था...



















