पहिचान नं. १:- तामाङ भाषा
कस्तुरीको सुगन्धको खोजीमा कस्तुरीमृग रणवन घुमेर हिडछ, उसलाई आफ्नै नाइटोमा कस्तुरी रहेको थाहा हुँदैंन भने जस्तै तामाङ लोकसाहित्यमा रहेको अथाह ज्ञानविज्ञान, जीवन दर्शन र दृष्टिकोणबारे हामी पनि अनभिज्ञ छौ र वाह्य दर्शनको पछि कुदिरहेका छौं युगौंदेखि। मातृभाषा प्रतिको ताम्बाको दृष्टिकोणले हाम्रो जीवन दर्शनको छनक दिइरहेको छ। यस्ता मौलिक चिन्तन दर्शनको खोजी, अध्ययन अनुसन्धान र पहिचान गरेर संरक्षण र सम्वद्र्धन गर्नु पर्दछ। वाह्यजगतमा प्रचारप्रशार गरिनु पर्दछ। अहिलेको समय Localized the global मात्र होइन Globlized the local पनि हो। १. भाषाविज्ञानको दृष्टिमा तामाङ भाषा १.१ तामाङ भाषाः तामाङ जातिको आफ्नो मातृभाषा...



















