कोरोना नियन्त्रणमा बागमती प्रदेशको ३३ करोड खर्च

साउन, हेटौंडा – बागमती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका मन्त्रालयले उक्त रकम खर्च गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत २१ करोड ७० लाख ५० हजार रुपैयाँ प्रदेशका स्वास्थ्य कार्यालयलाई उपलब्ध गराइएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए । त्यस्तै, मन्त्रालयले विभिन्न स्थानीय तहका लागि रु ११ करोड ११ लाख उपलब्ध गराएको...