कर्रा खोलाले बगायो ट्रक

मकवानपुर, ८ साउन । मंगलबार रातिदेखि परेको वर्षाका कारण हेटौँडाको कर्रा खोलामा आएको भेलले भारतीय नम्बर प्लेटको ट्रक बगाएको छ । हेटौंडा १७ स्थित कर्रा खोलामा आएको बाढीले हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रक बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ट्रक पुरिएपनि मानविय क्षति नभएको प्रहरी जनाएको छ । पानी परिरहेकोले ट्रकलाइ निकाल्न समस्या भएको छ । ट्रक पुर्ण रुपमा पुरिएको र नदेखिएको समेत प्रहरीले जनाएको छ । यो पनि हेर्नुहोस् हेटौँडाको राप्ति...