हेटौंडामा रगत अभाव, १० युनिटभन्दा कम संकलन

साउन ५, हेटौडा – हेटौंडामा रगतको अभाव भएको छ । हेटौंडास्थित रक्तसञ्चार केन्द्रका अनुसार हाल दैनिक करिब २० युनिट रगतको माग भइरहेकोमा आवश्यक रगतको उपलब्धता नहुँदा समस्या भइरहेको छ । ‘अहिले हामीले मागअनुसारको रगत बिरामीलाई उपलब्ध गराउन सकेका छैनौं  । हामीले हाम्रो सम्पर्कमा रहेका नियमित अर्थात् इमर्जेन्सी रक्तदाताबाट आवश्यक रगत संकलन गरिरहेका छौं,’ केन्द्र हेटौंडाका इन्चार्ज टंक दाहालले भने । उनका अनुसार हाल दैनिक दस युनिट रगत संकलनसमेत हुन सकेको छैन । असार र साउन महिना विपदको समय भएकाले रगतको माग अझै बढी हुने गरेको छ । ‘इमर्जेन्सी रक्तदातालाई हामीले फोन गरेर आवश्यकताअनुसार बोलाउने...