सात दिने नेतृत्व विकास तालिम समापन

साउन १९, हेटौंडा – समृद्ध नेपालको लागि नयाँ पाईलाद्वारा आयोजित नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धीको तालिम शनिबार सम्पन्न भएको छ । सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले सहभागी २५ जना प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । गत साउन १२ गतेदेखि संचालित ७ दिने तालिम शनिबार समापन गरिएको हो । मृद्ध नेपालको लागि नयाँ पाईलाले तालिम प्राप्त उत्कृष्ट ३ जनालाई क्षमता र आवश्यकता अनुसार मकवानपुरको मिडियामा रोजगारिको व्यवस्था गर्ने संस्थाका अध्यक्ष विशु सुनारले जानकारी दिए । कार्यक्रममा प्रशिक्षकहरु मनोज देवकोटा, धिरज ढकाल...