१ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै

साउन, काठमाडौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । सोमवार र मंगलवार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सिआईबी,राजश्व अनुसन्धान र राष्ट्र बैंकका प्रतिनिधिसहित सुन गालेर जोख्दा १ क्विन्टल भनिएको सुन ६० किलो ७१६ ग्राम मात्रै भएको हो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्रेक सुबाट छुट्टयाएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको बताए । उनले टक्सार महाशाखामा ल्याउँदा बरामद भएको सुनको तौल १५५ किलो ४६८ ग्राम भएकोमा ब्रेक सु र कार्टुनहरु...