बागमती गाउँपालिकामा मेलमिलापकर्तालाई तालिम

जेठ, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिकाले गाउँघरकाे बिवाद समाधानको लागि मेलमिलापकर्ताहरूलाई तालिम दिएको छ । मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभुत तालिम मंगलबार सम्पन्न भएको हाे। ४८ घण्टे तालिममा ३० जना सहभागी थिए। तालिम समापनमा बाेल्दै गाउँपालिका अध्यक्ष सर्केस घलानले याे तालिमपछि गाउँघरमै न्यायनिरूपण गर्न सहज हुने विश्वास ब्यक्त गरे । तालिमकाे सहजिकरण कानुन अन्वेषण तथा श्रोत विकास केन्द्र सेलर्ड काठमाडौले गरेको थियोे । तालिम समापनमा सहभागीहरूकाे तर्फबाट हेमचन्द्र थापा र पार्वती माझीले सिकाई उपलब्धि बारे बाेलेका गिए । गाउँपालिकाका उपाध्यक्ष फणीन्द्र तिमल्सिनाकाे सभाध्यक्षतामा भएकाे समापन कार्यक्रममा ३ नम्बर...