वातावरण दिवसमा जलपरी झरना तथा चमेरो गुफामा बृक्षारोपण र सरसफाई

जेठ, हेटौडा (राक्सिराङ) – विश्व वातावरण दिवसको अवसर पारेर राक्सिराङ गाउँपालिकाको पर्यटकिय स्थल जलपरी झरना तथा चमेरो गुफा आसपासमा बृक्षारोपण तथा सरसफाई गरिएको छ । राक्सिराङ गाउँपालिकाको आयोजनामा राक्सिराङ ३ स्थित जलपरी झरना र चमेरो गुफा वरपर बृक्षारोपण तथा सरसफाई गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, वडाअध्यक्ष उत्तम वाइबा सहित जनप्रतिनिधहरु र विभिन्न सरोकारवाला, स्थानीयहरुले झरना वरपर बृक्षारोपण र सरसफाई गरेका  हुन । पिपल, बर, सतिसाल, आँप, कटहर लगायत बिरुवा सो क्षेत्रमा बृक्षारोपण गरिएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । पौराणिक महत्व बोकेको जलपरी झरना र चमेरो गुफाको संरक्षणका...