बागमती प्रदेशमा ६२ अर्ब ७२ करोडको बजेट सार्वजनिक (पूर्ण पाठ)

असार, हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७२ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले शुक्रबार बजेट सार्वजनिक गर्नु भएको हो । आगामी आवको बजेटमा चालु खर्चमा २६ अर्ब ६४ करोड, र पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ। भौतिक मन्त्रालयको लागि सबैभन्दा बढी २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ। बागमती प्रदेश सरकारले स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्रदेश सरकारले...