खानेपानीको समस्यामा भिमान बस्ती
जेठ, हेटौडा (मनहरी) – केही साता यता नेपालको अधिकांश भेगमा चर्को गर्मीभएपछी जनजीवन अस्तव्यस्त बनाएको छ। निरन्तर गर्मीको तापक्रमले रेकर्ड तोडिरहेको अबस्थामा खेतबारीमा लगाएको खाद्यान्न बाली समेत सुकेर किसान मारमा परेको छ । अन्नबाली मात्र नभई अहिले मनहरी गाउँपालिका वडा नम्बर २ को बिकट क्षेत्र भिमानमा खानेपानीको कुवा सुक्न थालेपछि ९० घरपरिवार पानीको हाहाकारमा परेको छ। खडेरीका कारण पानीको मूल सुक्न थालेपछि दैनिक ३ घण्टाको बाटो गरेर पर्सा जिल्लाको पुतली खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता बनेको स्थानीयको भनाई छ। मान्छे, पशु चौपायालाई पुग्ने गरिपानी ल्याउन ३ घण्टा हिड्नुपर्ने अवस्था छ,...



















