मकवानपुरको बागमती गाउँपालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा (फोटो फिचर)
असार, हेटौडा (बागमती) – पुर्बी मकवानपुरको बागमती गाउँपालिकाले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरेको छ । २०८५ साल भित्र सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गर्ने अभियान अन्तर्गत बुधबार बागमती गाउपालिकाको परिसरमा बृहत कार्यक्रमको बीच कार्यक्रम गरिएको हो । घोषणा सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सरकारकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले यो पालिका भौतिक तथा खेलकुद बिकासमा उल्लेखनीय फट्को मारे पनि शिक्षा क्षेत्रमा बामे सर्दै गरेको अबस्थमा अबको दिनमा अनिबार्य तथा नि:शुल्क शिक्षाको घोषणा पछि नयाँ चरणमा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो। अहिलेको शिक्षा प्रणालीमा प्रश्न उठिरहेको बेला अनिवार्य शिक्षा प्रदान...



















