पालुङ जेसीजको एकैदिन दुई कार्यक्रम

असार, हेटौंडा (थाहा नगर) – थाहा नगरपालिकामा क्रियाशिल संस्था पालुङ जेसीजले एकै दिन दुई कार्यक्रम सम्पन्न गरेको छ । जेसीजको आयोजनामा स्थानीय उत्पादनहरुको बजार प्रबर्द्धनका लागि सहजीकरण गर्न अन्तरक्रिया कार्यक्रम र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । जेसीजले शुक्रबार बिहान थाहा नगरपालिका वडा नं. ३ मा क्रियाशिल नमूना लघुउद्यमी महिला समूहको समन्वयमा स्थानीय महिलाहरुले उत्पादन गरेका अचार लगायतका उत्पादनहरुको बजार प्रबर्द्धन गर्नमा सहकार्यको लागि समन्वय गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । जेसीजले स्थानीय क्षेत्रमा उत्पादन भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको...