मकवानपुरगढीले ल्यायो, ६२ करोड २ लाखको बजेट
असार, हेटौडा (मकवानपुर गढी) – मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट ल्याएको छ । आइतबार वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु हुँदै गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली) ले ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट पेश गर्नु भएको थियो । उहाले आयतर्फ संघीय सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख, प्रदेश सरकार वित्तीय मानिकरण अनुदान ८६ लाख गरी वित्तीय समानिकरण अनुदानमा १० करोड ६० लाख प्राप्त भएको बताउनुभयो । संघीय सरकार राजश्व बाँडफाँड मूल्य अभिवृद्धि कर...



















