छोराको जन्मदिनमा लेकाली बसिफाटका विद्यार्थीलाई ट्रयाक सुट वितरण

बैशाख, हेटौडा (भीमफेदी) – भिमफेदी गाउँपालिका वडा नम्बर ९ स्थित लेकाली बसिफाट माबिका विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको छ। काठमाडौं किर्तिपुर स्थायी घर भएका समाजसेवी हरिकृष्ण बस्नेत र वहाँको धर्मपत्नी रमा बस्नेतले आफ्नो छोरा संजय बस्नेतको जन्मदिनको अवसर पारेर विद्यालयमा अध्यनरत ६० जना साना विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट वितरण गरेको विद्यालयका प्रधानाध्यापक एलएल मण्डलले जानकारी दिनुभयो। बस्नेत दम्पतीले विद्यार्थीलाइ सहयोग गर्न पाउँदा खुशी महसुस भएको बताउदै आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन। जन्मदिन वा विभिन्न बहानामा पार्टी प्यालेस गएर पैसा उडाउने चलनले...