झरना साहित्यिक परिवारमा सञ्जेल चयन

असोज, हेटौडा (बकैया) – झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा विश्वनाथ सञ्जेल चयन हुनुभएको छ । सोमबार बकैया गाउँपालिका ४, छतिवनस्थित महेन्द्र माविमा भएको झरनाको चौथो अधिवेशनबाट सञ्जेलको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा चिरञ्जीवी लामिछाने र गायत्री रुपाखेती, सचिवमा मसान उपासक, कोषाध्यक्षमा कृष्ण घतानी, सह-सचिवमा सन्तराम राई चयन हुनुभएको छ । यस्तै सदस्यमा विश्व राई, शुभलक्ष्मी प्रभा, देवराज लामिछाने, निलहरि ढुंगेल, अमृता लामिछाने, प्रेम बहादुर भोम्जन, विजय दोङ चयन हुनुभएको छ । झरना साहित्यिक परिवारका निवर्तमान अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज...