दियालोको काव्य-अर्चना साहित्यिक कार्यक्रम
मंसिर, काठमाण्डौ – आधा दर्जन भन्दा भन्दा कविहरूको विषेश कविता वाचनको साथमा काव्य-अर्चना कार्यक्रम भएको छ । दियालो साहित्य सरगम र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा शुक्रबार भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलले दीप प्रज्वलन पश्चात छन्दका शिखर पुरुष महाकवि रमेश खकुरेलको मुखारविन्दबाट श्लोक वाचन गरेर शुरु भएको थियो । तीन जना छन्दकवि र तीनजना गद्यकविको विषेश वाचन रहेको उक्त कार्यक्रममा कवि प्रभा भट्टराई तथा कवि एवं गजलकार बाबु त्रिपाठी अतिथि कविका रुपमा प्रस्तुत भएको थियो । कविहरूका...