झरनाको बकैया साहित्य महोत्सव फागुन १४ र १५ गतेमा हुने
माघ, हेटौडा (बकैया) – झरना साहित्यिक परिवारले यसवर्ष पनि बकैया साहित्य महोत्सव गर्ने भएको छ । गतवर्षबाट सुरु गरेको महोत्सवलाई निरन्तरता दिन लागिएको संस्थाका अध्यक्ष दीपक गौतमले जानकारी दिए । बकैया गाउँपालिका–५ श्रीपुरमा रहेको प्रभात माविमा २०७७ फागुन १४ र १५ गते महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष गौतमले बताए । महोत्सवमा पहिलो दिन फागुन १४ गते शुक्रबार नवसर्जक (बालबालिका विशेष) रचना वाचन, पुरस्कार वितरण एवम् बहसमूलक कार्यक्रम रहेको छ । दोस्रो दिन फागुन १५ गते शनिबार स्रष्टा सम्मान, स्थानीय सांस्कृतिक नृत्य, जग्गा दाताहरूलाई सम्मान सँगै साहित्यिक रचना वाचन तथा...