डिसहोम बाह्रखरी कथा प्रतियोगितामा बिना थिङले जितिन्

काठमाडौ – १२खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा साहित्यकार बिना थिङले जितेकी छिन् । प्रतियोगितामा सहभागी ४४५ कथामध्येबाट उनको ‘ब्याड भाले’ कथा प्रथम बनेको हो । तामाङले एक लाख रुपैयाँ नगद पुरस्कारका अतिरिक्त शिल्ड र प्रमाणपत्र हात पारेकी   छन् । कथाकार भाषिक साहित्यिक संस्था तामाङ डाजाङका कोषाध्यक्ष हुन् । प्रतियोगितामा लक्ष्मण वियोगी द्वितीय भएका छन् । वियोगीको ‘टाउको’ शीर्षकको कथाले ६० हजार नगद पुरस्कारका अतिरिक्त शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो । वियोगी पत्रकार पनि हुन् । प्रतियोगितमा सुमित्रा न्यौपाने तेस्रो भइन् । न्यौपानेको ‘बार्दली’ शीर्षकको कथाले ४०...