तामाङ भाषाको रेडियो कार्यक्रम उत्पादन सम्बधी प्रशिक्षण सम्पन्न

हरिवन – प्रदेश नम्बर २ को सर्लाहीमा तामाङ भाषामा शिक्षा तथा सुचनामुलक रेडियाे कार्यक्रम उत्पादन सम्बन्धी ५ दिने प्रशिक्षण मंगलबार सम्पन्न भएकाे छ । जेष्ठ ३१ गते देखि शुरु भएको प्रशिक्षण हरिवनमा रहेको सगुन सहकारी संस्थाकाे सभा हलमा भएको थियाे । हरिवन नगरपालिकाकाे वडा नम्बर ४ का वडाअध्यक्ष धनबहादुर वाइबाकाे प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै तालिमबाट सिकेका सिपलाइ उपयुक्त स्थानमा प्रयाेग गर्न आग्रह गरेका थिए । मानिसकाे जीवनमा जानेका सीप मात्र आफुले प्रयाेग गर्न सके सफल हुने उनले बताए । ५ दिने तालिममा रेडियो नेपालका बरिस्ठ कार्यक्रम संयाेजक...