चाडपर्वलाई लक्षित गर्दै हरिवन बजारमा अनुगमन
असोज १४, सर्लाही – चाडपर्वहरु नजिकिदै गर्दा बजारमा उपभोक्ता ठगीमा नपरोस भन्ने हेतुले सोमबार सर्लाहीको हरिवन बजारमा अनुगमन गरिएको छ । हरिवन नगरपालिका, उद्योग वाणिज्य संघ हरिवन, ईलाका प्रहरी कार्यालय सहितको टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो । पसलमा बिक्रीको लागि राखिएका खाद्यान्नको म्याद, सामानको मुल्यसुची, पसलको आय कर प्रमाणपत्र, अन्तशुल्क भए नभएको लगायतमा अनुगमन सुरु गरेको हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो । हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको नेत्तृत्वमा खटिएको अनुगमन टोलीले पसलको साइनबोर्ड समेत नराखेको मसला पसलमा म्याद नाघेको खाध्यान्न मसला तथा सामान...

















